हाम्रो परिचय

रसुवा जिल्लाको उत्तरी भेगमा अवस्थित तत्कालीन गाउँ विकास समिति गोल्जुङ, गत्लाङ, चिलिमे र थुमनलाई समेट्ने गरी  २०२२ सालमा गोल्जुङ प्राथमिक विद्यालयका रूपमा यस विद्यालयको स्थापना भएको थियो । स्थानीय बुढापाहरूका अनुसार उक्त समयमा भक्तपूर जिल्ला घर भएका होम प्रसाद प्रधानङ्ग नामका शिक्षकले उमेरगत तथा कक्षागत रूप नछुट्याई सबै विद्यार्थीहरूलाई गाउँको तत्कालीन वडा नम्बर ३ स्थित सार्वजनिक भवनमा राखी पठन पाठन गराउने गर्दथे । यसरी स्थापना भएको विद्यालयले विभिन्न कालखण्डमा आर्थिक भौतिक तथा अन्य विविध समस्याहरू झेल्दै २०३४ सालमा गोल्जुङ नि.मा.वि. र वि. सं. २०४६ देखि माध्यामिक तहको रूपमा सञ्चालनको स्वीकृति पाएको थियो । माध्यामिक तहको स्वीकृति पाउने क्रममा  पुरानो नाम परिवर्तन गरी यस क्षेत्रको प्रसिद्ध धार्मिक तीर्थस्थल पार्वती कुण्डको नामबाट विद्यालयको नाम पार्वतीकुण्ड माध्यामिक विद्यालय राखिएको थियो । यस विद्यालयले २०६९ सालदेखि कक्षा १२ सम्मको अध्यापन अनुमति पाई यस क्षेत्रमा शैक्षिक नेतृत्व प्रदान गरिरहेको छ ।   

यो विद्यालय हाल आमाछोदिङमो गाउँपालिका वडा नं ४, गोल्जुङमा अवस्थित छ । यस विद्यालय आमाछोदिङमो गाउँपालिकाको केन्द्रबाट दक्षिण तर्फ पर्दछ | यस विद्यालयको पूर्वमा गोसाईकुण्ड गाउँपालिका तथा आमाछोदिङमो गाउँपालिकाको २ नं वडा , पश्चिममा ३ नम्बर वडा, उत्तरमा ५ नं वडा र दक्षिणमा २ नं वडाका गाउँहरू पर्दछन् । यस विद्यालयको आधारभूत तहको सेवा क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं ४ को सम्पूर्ण क्षेत्र र माध्यामिक तहको सेवा क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं ४ र ५ को सम्पूर्ण क्षेत्रहरू पर्दछन् ।

द्यौ गोम्बो तामाङ

विद्यालय व्यवस्थापन समिति अध्यक्ष
९८५१३५००७९

सञ्जिता वाइवा गुरूङ

प्रधानाध्यापक
९८५१२७६८१२
parbatikundaschool@gmail.com

कृष्ण ठकुरी

सहायक प्रधानाध्यापक/सूचना अधिकारी
९८६०२३४०२८
parbatikundaschool@gmail.com

आमाछोदिङमो गाउँपालिकाको शैक्षिक पात्रो

पार्वतीकुण्ड माध्यमिक विद्यालयको विद्यालय सुधार योजना २०८२‍-८७

आमाछोदिङमो गाउँपालिकाबाट विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण

सूचना तथा समाचारहरु

सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार !

सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार ! आमाछोदिङमो गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार हाम्रो विद्यालयको जाडो बिदा सकिएर हिजो देखि पठन पाठन सुरु भइ विद्यालय नियमित रूपमा सञ्चालन भइरहेको हुनाले आफ्ना नानीबाबुहरुलाइ समयमा नै विद्यालय पठाइ शैक्षिक क्रियाकलापमा सरिक गराइ दिनुहुन हार्दिक अनुरोध गरिन्छ । २०८१/१०/०३ - विद्यालय प्रशासन

Read More

अतिरिक्त क्रियाकलाप

आमाछोदिङमो गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित माध्यमिक विद्यालय स्तरीय शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी हाकु माध्यमिक बिध्यालय ।

महत्त्वपूर्ण लिङ्कहरु

सम्पर्क

श्री पार्वतीकुण्ड माध्यमिक विद्यालय

आमाछोदिङमो गाउँपालिका वडा नं ४, गोल्जुङ, रसुवा

+977-9767232036
parbatikundaschool@gmail.com

हाम्रो सोसल मिडिया

Scroll to Top